Logo

कर्पोरेट-बजार

हेरिटेज ग्रुपको डिलर सम्मेलन सौराहामा


GDP Nepal
   २३ श्रावण २०७९, सोमबार


काठमाडौं । हेरिटेज ग्रुपले चितवनको सौराहामा बिक्रेता सम्मेलन सम्पन्न गरेको छ । देशभरका विभिन्न ३५ स्थानका डिलर प्रतिनिधिहरुबीच अन्तरक्रिया, समीक्षा र उत्पादनको प्रर्वद्धन गर्ने उद्देश्यले शुक्रबार उक्त कार्यक्रम राखिएको हो ।

कार्यक्रममा ३५ जिल्लाका डिलर, वितरक, प्रर्वद्धकहरुको सहभागिता रहेको थियो । कोभिडको समय र पछिल्लो बजारको अवस्था, चुनौती, समाधानका उपायका बारेमा छलफल अन्तर्किया, ज्ञान आदान प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले कम्पनीले चितवन केन्द्र बनाएर कार्यक्रमको आयोजना तथा उत्पादनको बिक्री प्रर्वद्धन गरेको भन्दै प्रशंसा गरे ।

चितवन देशकै केन्द्रभाग र हरेक उत्पादन तथा वितरणको केन्द्र बन्न सक्ने भन्दै चितवन आफै उपभोगको ठूलो बजार भएको उनको भनाई थियो ।

कम्पनीका बिक्री प्रबन्धक प्रयागराज ओझाले कम्पनीको उत्पादनको माग, आपूर्ति, सेवा, पृष्ठपोषणका बारेमा अन्र्तडिलरसीप अन्र्तक्रिया गरिएको बताए । आर्थिकमन्दी, सुस्त आर्थिक गतिविधि भएको बेला, उनीहरुलाई प्रोत्साहन हौसला दिन र आगामी दिनका योजनाका बारेमा छलफल सुझावका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

कार्यक्रमका सिइओ रमेश काफ्लेले कम्पनीको प्रोफाइलका बारे प्रस्तुतीकरण गरेका थिए ।

हेरिटेज थ्रुपका अध्यक्ष हेमराज ढकालले प्रतिस्पर्धात्मक बजारमा कसरी आफ्नो उत्पादनको गुणस्तर तथा बिक्री वितरण बढाउने बिषयमा प्रकाश पारेका थिए । उनले कम्पनीको विगत वर्तमान, भविष्यको नीति तथा कार्यक्रमका बारेमा प्रष्टाएका थिए ।

हेरिटेजले झण्डै दुई दशकदेखि डाईमण्ड गोल्ड, प्लाटिनयम गुणस्तरका कार्पेट, म्याट्रेसहरु घर, कार्यालय होटल लगायतका स्थानहरुमा विक्री वितरण गर्दै आएको छ ।

प्रकाशित : २३ श्रावण २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह