Logo

कर्पोरेट-बजार

रोटरी क्लब अफ काठमाडौं वेष्टद्वारा बनेपामा कम्युटर प्रदान र स्वास्थ्य परीक्षण


GDP Nepal
   २९ श्रावण २०७९, आइतबार


काठमाडौं । रोटरी क्लब अफ काठमाडौं वेस्टले काभ्रे बनेपाको शिक्षा सदन माविलाई छ वटा कम्प्यूटर सहयोग गरेको छ ।

शिक्षा सदन स्कुलका विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकासमा टेवा पुगोस् भन्ने अभिप्रायले क्लबका अध्यक्ष संजीव तुलाधरले स्कुलका प्रधानाध्यापक लक्ष्मण दाहाललाई सहयोगस्वरुप कम्प्यूटर हस्तान्तरण गरेका हुन् ।

कम्प्यूटर हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष तुलाधरले स–साना विद्यार्थी भाई बहिनीहरुलाई कम्प्यूटरमार्फत शिक्षण सिकाई पद्धतीलाई अझ अघि बढाउन यसले मद्दत गर्नै र प्रविधि प्रति विद्यार्थीको बुझाई र सिकाईलाई आत्मसात गर्न यसले थप टेवा पुग्ने भएकाले यो सहयोग उपलब्ध गराइएको बताए । आगामी दिनमा पनि यस्तो प्रकारको सहयोगको निरन्तरता रहने पनि तुलाधरको भनाइ छ।

क्लबले विगतमा पनि सो स्कुललाई छ वटा कम्प्यूटर हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा स्कुलका प्रधानाध्यापक लक्ष्मण दाहालले क्लबको सहयोगले विद्यार्थीलाई प्राविधिक शिक्षामा सहयोग पुगेको धारणा राखे । क्लबको सहयोगले गौरवान्वित भएको बताउँदै प्रधानाध्यापक दाहालले क्लबलाई धन्यवाद ज्ञापन गरेका थिए ।

‘क्लबको यस सहयोगले विद्यार्थीलाई शिक्षण सिकाईमा सहयोग मिल्नुका साथै नयाँ प्रविधि बारे जान्ने बुझ्ने मौका समेत पाएका छन्’ प्रधानाध्यापक दाहालले भने, ‘यति ठूलो सहयोगका लागि क्लबलाई विशेष धन्यवाद दिन चाहान्छु ।’

त्यस्तै, क्लबले ई लाईफ लिंक र बनेपा नगरपालिकाको सहयोगमा काभ्रे जिल्लाको बनेपा नगरपालिका २ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न गरेको छ । उक्त शिविरमा १०० भन्दा भढी नागरिक लाभान्वित भएका छन् ।

शिविरमा वरिष्ठ मुटुरोग विषेशज्ञ डा. सञ्जय श्रेष्ठ, डा. प्रकाश श्रेष्ठ र डा. सम्पूर्ण तुलाधरद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।

यस्तै, शिविरमा ६० जना बिरामीको मुटुको ईको परीक्षण समेत गरिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ काठमाडौँ वेस्टका तर्फबाट रोटरियन किरण कृष्ण जोशी, महेन्द्रराज राजकर्णिकार, नरेशमान सिंह, राजेश कायस्थ, निमा शेर्पा, देश कुमार श्रेष्ठ, रमेश मिलन श्रेष्ठ र कुमार खतिवडाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, वडाध्यक्षहरु रामप्रसाद घिमिरे र शुभलक्ष्मी मानन्धरलगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह