Logo

मुख्य समाचार

ट्वीटरमा बहुमतको सुझावपछि अमेरिकी राजदूतको पहिलो भ्रमण लुम्बिनीबाटै !


appharu
   २९ कार्तिक २०७५, बिहिबार


काठमाडौं । नेपालमा नयाँ अमेरिकी राजदूतमा र्याण्डी डब्लु बेरी काठमाडौं नआइपुग्दै एउटा ट्वीटर सर्भेक्षण भएको थियो । काठमाडौंस्थित अमेरिकी दूतावासका एक उच्च अधिकृतले उनलाई काठमाडौंबाहिर सबैभन्दा पहिले कुन स्थानमा घुमाउनु उचित हुन्छ भनेर मत सर्भेक्षण गरेका थिए ।

दूतावासका चार्ज डे अफेयर्स माइकल सि. गोन्जालेजले गरेको यस्तो सर्भेक्षणमा ३६ प्रतिशत उत्तरदाताले नयाँ राजदूतलाई उपत्यकाबाहिरको पहिलो भ्रमण लुम्बिनीबाट गराउन सुझाव दिएका थिए ।

राजदूत बेरी काठमाडौं आएर राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरी प्रधानमन्त्री लगायत विभिन्न नेता तथा विशिष्ठ व्यक्तिहरुसँग भेटघाट पनि सम्पन्न गरिसकेका छन् । त्यतिमात्र होइन, उनले नेपाली चाडपर्व तिहार नेपालीले जसरी नै मनाए ।

ट्वीटरमा आएको सुझावअनुसार उनी उपत्यकाबाहिरको पहिलो भ्रमणमा भने लुम्बिनी गए । लुम्बिनीमा उनले स्थानीयसँग भलाकुसारी पनि गरेका छन् । दूतावासको सर्भेक्षणअनुसार नै उनी लुम्बिनी गएको दूतावास स्रोतले जनाएको छ ।

ट्वीटरमार्फत गरिएको सर्भेक्षणमा २९ प्रतिशतले पोखरा भनेका थिए भने ९ प्रतिशतले मात्रै चितवनलाई उपयुक्त भनेका हुन् । यस्तै, अन्य समूहमा राखिएका इलाम मुस्ताङलगायतका स्थान रोज्नेमा २६ प्रतिशत छन् ।

४३९ जनाले मत दिएको ट्वीटर सर्भेक्षणअनुसार कतिपयले रारा, गोर्खा, सुदुरपश्चिम लैजान सुझाव दिएका छन् भने कतिपयले काठमाडौं नजिकैको चन्द्रागिरीमा जानुपर्ने भनेका थिए ।

नयाँ राजदूतका रुपमा आएन लागेका बेरी सन् १९९३ मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनी सन् २००७ देखि २००९सम्म नेपालस्थित अमेरिकी दूतावासमा ‘डेपुटी चिफ अफ मिसन’का रुपमा काम गरिसकेका छन् ।

तत्कालीन राष्ट्रपति बाराक ओबामाले उनलाई अमेरिकाको समलिंगी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दूतमा नियुक्त गरेका थिए ।

प्रकाशित : २९ कार्तिक २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह