Logo

Sub-banner

‘स्मार्ट डोको’ले ल्यायो ‘बडा दशैँ कडा अफर’


GDP नेपाल
   ५ आश्विन २०७९, बुधबार


इ कमर्स एप ‘स्मार्ट डोको’ले दशैंमा आफ्नो ग्राहकका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ । अफरअन्तगर्त यस चाडपर्वमा, ग्राहकले इलेक्ट्रोनिक्स, किराना समान, फेसन, सौन्दर्य प्रसाधनलगायत सामान खरिद गर्दा ६७ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

ग्राहकहरुले हरेक दिन पेब्बल स्मार्ट वाच र एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ ग्यालेक्सी स्मार्ट फोन जित्न सक्नेछन् । ग्राहकहरुले हिमालयन बैंकमा रु १ हजारसम्मको वा १५ प्रतितशतसम्म क्यास व्याक पाउन सक्नेछन् । जसलाई ग्रहकले डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्डबाट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले ‘१ रूपी गेम’मा सहभागी भई थुप्रै रोमाञ्चक उपहार रिमेक्स ब्लुटुथ हेडफोन, एक्यु फिट स्मार्टवाच, पेबल ब्लुटुथ हेडफोन, इनरजाइजर पावर ब्यांक जित्न सक्नेछन् । त्यस्तै, ग्राहकले बोया माइक, हकिन्स प्रेसर कुकर, इलेक्ट्रिक बीबीक्यु ग्रिल मेसिन, इन्डक्सन चुलोलगायत सामग्री समेत जित्न सक्नेछन् ।

काठमाडौं उपत्यका भित्रका ग्राहकले रु ७५० को न्यूनतम अर्डर मूल्यमा फ्रि डेलिभरीको सुविधा पनि पाउन सक्नेछन् भने नेपाल भरिकै ७७ जिल्लामा डेलिभरीको सुविधा पनि उपलब्ध छ ।

स्मार्ट डोकोमा ५० हजारभन्दा बढी सामान उपलब्ध छन्, जसमा बेबी केयर, इलेक्ट्रोनिक्स, किराना समान, स्वास्थ्य, कोभिड र डेंगु निरोधक वस्तुहरू, सौन्दर्य प्रसाधन, घरका सामग्री किन्न सकिने छ । यस अफर २१ सेप्टेम्बरदेखि २७ सेप्टेम्बरसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह