Logo

Sub-banner

स्मार्ट लाइसेन्स तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह


GDP नेपाल
   १८ असार २०८१, सोमबार


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्दा पनि समयमा वितरण नहुने समस्या रहेको भन्दै ततकाल समाधान गर्न माग गरे ।

उनले भने, ‘स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्यो । अब छिटो छरितो हुन्छ भनिएको थियो तर उल्टो भयो । ट्रायल पास गरेको वर्ष दिनसम्म लाइसेन्स आउँदैन् । आएकाको पनि फोटो प्रष्ट नभएको र ट्राफिक जाँचमा अप्ठ्यारो परेको गुनासो सुनिन्छ ।’

उनले स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसले झनै लाइसेन्सको दुरुपयोग बढेको बताए ।

उनले भने, ‘स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता छ । त्यसैले यसमा बढि दुरुपयोग पनि हुन्छ । पुरानो भएपछि अक्षर पनि स्पष्ट हुँदैन् । यातायात विभागमा लइसेन्स छाप्न एउटा मात्र मेसिन छ । जनशक्ति थपेर छिटो छपाई गर्न आग्रह गर्दछु ।’

प्रकाशित : १८ असार २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह