Logo

बिजनेस होम

नेपाल भित्रियो हाइगर बस, व्यवसायीहरुलाई साँचो हस्तान्तरण


GDP नेपाल
   ११ कार्तिक २०८१, आइतबार


काठमाडौँ । चिनियाँ कम्पनीद्वारा निर्माण गरिएको हाइगर बस नेपाल भित्रिएको छ । शूक्रबार एक कार्यक्रमकाबीच आर्क्स ग्रुपले विभिन्न पर्यटन व्यवसायीहरुलाई बसको साँचो हस्तान्तरण गरेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सलर सिए यू र आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेका हुन् ।

आरामदायी पर्यटक सवारीका रुपमा डेढ दशकदेखि नेपालको पर्यटन क्षेत्रमा रहेको हाइगर बसको लोकप्रियता पछिल्लो समय ह्वात्तै बढेको कम्पनीको दाबी छ ।
पर्यटन व्यवसायीको माग बढेपछि एकैपटक दर्जनौं हाइगर बस नेपाली बजारमा भित्रिएको कम्पनीको भनाइ छ ।

नेपालमा आर्क्स ग्रुपले चीनमा निर्मित हाइगर बस बिक्री गर्दै आइरहेको छ ।


नेपालमा उपलब्ध रहेका हाइगर बस हाल ३५ सिट क्षमताका छन् भने व्यवसायीको माग अनुसार ठूला बस पनि उपलब्ध गराउन लागिएको आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले सन् २०१३ मा नेपाली बजारमा हाइगर बस भित्रिएसँगै पर्यटन क्षेत्रमा सुविधासम्पन्न बस उपलब्ध गराउने प्रतिस्पर्धा चलेको र त्यसमा हाइगर नै व्यवसायीको पहिलो रोजाईमा पर्न सफल भएको बताए ।
हाइगर बस संसारका २००भन्दा बढी देशहरुमा निर्यात हुँदै आएको छ ।

नेपालमा पनि हालसम्म एक सयभन्दा बढी बसहरुको बिक्री भइसकेको छ । बसमा इञ्जिन पछाडि रहेका कारण पर्याप्त लगेज स्पेश रहेको छ ।
नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी आयात गरिएका हाइगर बसले यस क्षेत्रको प्रवर्द्धनका निमित्त प्रभावकारी भूमिका खेल्ने र आरामदायी यात्राका कारण पर्यटकले नेपाललाई हेर्ने दृष्टिकोण नै फरक पर्ने आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ बताउँछन् ।
हाइगर बसनेपालको भौगोलिक अवस्था र बाटोको अवस्थाअनुरूप रहेका हुँदा नेपाली बजारमा थप लोकप्रिय हुने उनको भनाइ छ ।

उनका अनुसार बसमा पूर्ण एअर कन्डिसन र लक्जरियस सिटहरूका अतिरित्त ब्रेक लगाउँदा आवाज नआउने लगायतका सुविधा रहेका छन् ।


हाइगरका बसमा १८ महिना अथवा १ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तै, बिक्रीपछिको सेवालाई ध्यानमा राखेर कम्पनीले वर्कशप तथा स्पेयर्स पार्ट्सको पर्याप्त व्यवस्था गरेको छ ।
हाइगर बस हस्तान्तरण समारोहमा चिनियाँ दूतावासका अधिकारीहरु तथा विभिन्न व्यापारिक क्षेत्र र बैंकिङ क्षेत्रका अतिथिहरु सहभागी थिए ।

प्रकाशित : ११ कार्तिक २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह