Logo

कृषि / सहकारी

एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्नु हुँदैन: मन्त्री अधिकारी


GDP नेपाल
   ११ कार्तिक २०८१, आइतबार


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै व्यक्ति समान उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नहुने बताएका छन् ।

आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले फलदायी परिणाम नआउने भएकाले एउटै व्यक्ति समान उद्देश्य भएका सहकारीमा बस्न नहुने बताएका हुन् ।

उनले भने, ‘एउटै उद्देश्य भएका सहकारीहरुमा दुईतीन ठाउँमा बस्न पाइन्न । एउटा व्यक्ति यतापनि छ उता पनि छ । अनि कतै भ्याउँदैन, परिणाम पनि आउँदैन । यो कुरालाई कसरि सुधार गर्नुपर्छ तँपाईहरुले ध्यान दिनुहोला । यो नियम कानून बनाउँदाखेरि कर्मचारीले आफूले जे सिक्दै आएको छ, जे भोग्दै आएको छ । त्यसको आधारमा ड्राफ्ट बनाउँदो रहेछ । अनि आफूले रिटायर्ड लाईफपछि पनि आफू अनुकुल हुनेगरि कानूनको ड्राफ्ट तयार गरिन्छन् । यसले गर्दा समस्या आएको हो । ’

साथै उनले सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको बताए । उनले हिजो अप्ठ्यारो भएका कुराहरुलाई फुकाउने गरी कानून बनाउन समेत आग्रह गरे ।

उनले भने, ‘हामीले समाजवादी लक्ष्य लिएका छौं । सरकारले अंगालेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य अगाडि सारेको छ । त्यसलाई पूरा गर्नको निम्ति हिजो अप्ठ्यारो भएका कुराहरुलाई फुकाउने गरी कानून बनाउने हो नि । हिजोको जटिलतालाई अहिले पनि जटिलतामा थुपारियो भने समाधान हुन सक्छ रु अहिले मैंले भूमिसुधार आयोग बनाउने भनेर भनेको छु । अब हामी आयोग गठन गर्नेतिर जाँदैछौं ।’

प्रकाशित : ११ कार्तिक २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह