Logo

बिजनेस होम

भक्तपुरमा घन्टी बजाउने रुकेशः जसले पुसमै नेमकिपाका उम्मेदवारलाई हराएका थिए !


gdpnepal
   २५ फाल्गुन २०८२, सोमबार


काठमाडौं । भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाललाई पराजीत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रञ्जितको चर्चा मुलुकभित्र मात्र सीमित छैन ।

२०४८ सालदेखिका निर्वाचनमा प्रतिस्पर्धाविहीन जस्तै रहेको नेमकिपाको हार अप्रत्यासित बनेको छ । २०६४ मा माओवादीको देशव्यापी लहर आउँदा समेत नेमकिपाको हल्लिन नसकेको सांगठनिक जग यसपटक रास्वापाले भत्काएको छ र यसको नायक बनेका छन्ः रुकेश रञ्जित ।

रुकेश रञ्जित रास्वपा भक्तपुरका जिल्ला सचिव पनि हुन् तर नेमकिपामाथि उनको यो जित पहिलो भने होइन ।

गत पुस २५ र २६ गते भएको भक्तपुर उद्योग वाणिज्य संघको निर्वाचनमा रुकेश महासचिव निर्वाचित भएका थिए । उनले नेमकिपा समर्थित उम्मेदवार नवीन प्रजापतिलाई ८३ मतको अन्तरमा हराएका थिए ।

रास्वपा समर्थित व्यवसायी रुकेशले २४३ मत पाउँदा नेमकिपा समर्थित नवितले १६० मतमात्र प्राप्त गर्न सके । रुकेशको विजयलाई रास्वपाले त्यतिबेलै उत्सवका रुपमा मनाएको थियो ।

रुकेश यसअघि भक्तपुर उद्योग वाणिज्य संघको कार्यकारिणी समिति सदस्य थिए भने नविन अघिल्लो कार्यसमितिमा महासचिव पदमा नै रहेका थिए ।

रुकेश व्यवसायीका अतिरिक्त समाजसेवामा पनि क्रियाशील छन् । उनले नेमकिपामा प्रेम सुवाललाई ५ हजार २७२ मतान्तरमा पराजीत गरे । उनले ३३ हजार ४३६ मत पाउँदा सुवालले भने २८ हजार १४७ मतमात्र प्राप्त गरे ।

 

प्रकाशित : २५ फाल्गुन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह