Logo

मुख्य समाचार

मौसम धुम्मिए पनि काठमाडौंमा बढ्यो गर्मी; न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस


gdpnepal
   २५ फाल्गुन २०८२, सोमबार


काठमाडौं । मौसम धुम्मिए पनि काठमाडौंमा गर्मी बढेको छ ।

सोमबार बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.० डिग्री सेल्सियस थियो । 

मौसमविद्का अनुसार मौसम बदली भई राति आकाशमा बादल लागेका बेला बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश सफा रहँदा घट्छ। 

फेरि अधिकतम तापक्रमचाहिँ यसको ठिक उल्टो दिउँसो दिनभर बादल लाग्यो भने घट्छ, आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।

यद्यपि हिउँद याम सकिन लागेकाले समग्रमा तापक्रम बढ्दो क्रममै रहेको मौसमविद् बताउँछन्। 

 

प्रकाशित : २५ फाल्गुन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह