Logo

मुख्य समाचार

शेयर बजारमा तेस्रो सर्किट, आजका लागि बजार बन्द



GDP नेपाल
   २५ फाल्गुन २०८२, सोमबार


काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ ।

स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन सर्किट लागेको हो ।


बजार खुलेको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढ्दै पहिलो सर्किट लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित गरियो । त्यसपछि खुलेको बजारमा फेरि एक मिनेटमै नेप्से ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार रोकियो ।

पुनः खुलेको बजारमा अर्को एक मिनेटमै थप १ प्रतिशत बढेर कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट लाग्दै आजका लागि कारोबार बन्द गरिएको हो ।
सोमबार नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ विन्दूमा पुगेको छ ।

२५३ कम्पनीको शेयर कारोबार भएको बजारमा करिब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
लगानीकर्ताहरूका अनुसार रास्वपाको स्थिर सरकार बन्ने अपेक्षा, शेयर बजार सुधारसम्बन्धी प्रतिबद्धता र सम्भावित आर्थिक सुधारका कारण बजारमा उत्साह बढेको हो । बजार विश्लेषकहरूले आजबाट सुरु भएको बुल ट्रेन्डले आगामी दिनमा नेप्सेले नयाँ रेकर्ड बनाउन सक्ने अनुमान गरेका छन् ।

प्रकाशित : २५ फाल्गुन २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह