काठमाडौं । एपोलो हाइड्रोपावरले निष्कासन गरेको प्राथमिक शेयर ९आईपीओ०मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २६ गतेदेखि सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ सार्वजनिक गरेको हो ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले सि आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ । आईपीओमा आवेदन दिने समय आज बैंकिङ समयभित्र मात्र रहने भएकाले समयमै आवेदन दिन लगानीकर्तालाई आग्रह गरिएको छ ।










प्रतिक्रिया