Logo

मुख्य समाचार

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव: हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना


gdpnepal
   ३० चैत्र २०८२, सोमबार


काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राती देशका हिमाली भू(भागमा आंशिक बादल लाग्ने र पहाड र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित : ३० चैत्र २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह