Logo

मुख्य समाचार

काठमाडौंकी छोरी-दैलेखकी बुहारी बासना थापा: पहिलो प्रयासमै निर्वाचित 


gdpnepal
   २३ फाल्गुन २०८२, शनिबार



सुर्खेत । प्रतिनिधिसभा निर्वाचन दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्मालाई ५७६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । 

१२ हजार ३७२ मत ल्याए थापा विजयी हुँदा एमालेका शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत प्राप्त गरेका छन् भने नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मत पाएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकाको उपप्रमुखमा झिनो मतले पराजित थापाले पहिलो पटकमै प्रतिनिधि सभा निर्वाचनमा जित निकालेकी हुन् ।

 

प्रकाशित : २३ फाल्गुन २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह