Logo

मुख्य समाचार

काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी


GDP नेपाल
   २२ फाल्गुन २०८२, शुक्रबार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका खनाल २७ हजार ९१६ मत ल्याउएर विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन् ।

त्यस्तै, एमालेका अमनकुमार मास्केले ४ हजार ५१८ मत ल्याउँदा राप्रपाका उद्धवराज भेटुवालले १ हजार ३२१ मत ल्याएका छन् ।

यसैगरी काठमाडौं क्षेत्र नम्बर ८ का रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन् । उनले २४ हजार ५ सय ९२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याए । कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो भइन् । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो भएका छन् ।

प्रकाशित : २२ फाल्गुन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह