Logo

बिजनेस होम

सोलुबाट प्रकाशसिंह कार्की विजयी, २०४८ पछि पहिलोपटक उम्मेदवार फेर्दा सहज जित


gdpnepal
   २४ फाल्गुन २०८२, आइतबार


 

काठमाडौं । कोशी प्रदेशको सोलुखुम्बुमा कांग्रेसले जित हासिल गरेको छ । २०७० पछिका निर्वाचनमा लगातार पराजय बेहोर्दै आएको कांग्रेसले २०४८ पछि पहिलोपटक उम्मेदवार फेर्दा सहज जित प्राप्त गरेको हो ।

२०४८ सालपछिका सबै चुनावमा बलबहादुर केसीले चुनाव लड्दै आएका थिए । २०६४, २०७४ र २०७९ मा पराजय बेहोरेका केसीले २०४८, २०५१, २०५६ र २०७० मा जित हासिल गरेका थिए ।

निर्वाचित कार्की सफल उद्यमी भए पनि लामो समयदेखि पार्टीमा सक्रिय थिए । उनी २०७४ मा प्रदेशसभा सदस्यका प्रत्यासी भए पनि जित निकाल्न सकेका थिएनन् ।

कार्की विजयी भएको औपचारिक घोषणा भने भइसकेको छैन । उनले आफू विजयी भएको पुष्टी गर्दै मतदातालाई धन्यवाद दिएका छन् ।

प्रकाशित : २४ फाल्गुन २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह