काठमाडौं । नेपाल आयल निगमले आजदेखि आधा सिलिन्डर ग्यास बेच्ने भएको छ ।
उपभोक्ताले अनावश्यक रुपमा ग्यास भन्डारण गर्न थालेको भन्दै निगमले अनावश्यक भन्डारण रोक्न आधा सिलिन्डर मात्रै बिक्री गर्न लागेको हो।
निगमले शुक्रबारदेखि लागू हुने गरी ७.१ केजी एलपीजी ग्यास बजारमा पठाउन लागेको जनाएको छ ।
प्रति सिलिन्डर ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरण गर्न यस्तो निर्णय गरेको निगमले जनाएको छ ।
पछिल्लो समय आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको निगमले जनाएको छ ।
निगमले नियमित रुपमा मागअनुरुप नै ग्यास आयात तथा वितरण गरिरहे पनि २-३ महिनादेखि उपत्यकामा माग उच्च देखिएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा ग्यास आपूर्तिमा विश्वव्यापी रुपमा असर परिरहेको छ ।










प्रतिक्रिया