Logo

बिजनेस होम

पर्यटन क्षेत्रमा बहारसँगै हाइगर बसको लोकप्रियता बढ्दो: दर्जन व्यवसायीलाई एकसाथ हस्तान्तरण


gdpnepal
   ११ कार्तिक २०८१, आइतबार


काठमाडौं । आरामदायी पर्यटक सवारीका रुपमा डेढ दशकदेखि नेपालको पर्यटन क्षेत्रमा आधिपत्य जमाउँदै आएको हाइगर बसको लोकप्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । पर्यटक आगमनमा आएको बहारसँगै सुविधासम्पन्न सवारीसाधनको खोजीमा रहेका पर्यटन व्यवसायीले माग गरेपछि एकैपटक दर्जनौं हाइगर बस नेपाली बजारमा भित्रिएका छन् ।

नेपालमा आर्क्स ग्रुपले चीनमा निर्मित हाइगर बस बिक्री गर्दै आएको छ । आर्क्स ग्रुपले हालै राजधानीमा आयोजित विशेष समारोहमा पर्यटन व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सलर सिए यू र आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले विभिन्न ट्राभल व्यवसायीहरुलाई हाइगर बसको साँचो हस्तान्तरण गरेका हुन् ।

नेपालमा उपलब्ध रहेका हाइगर बस हाल ३५ सिट क्षमताका छन् भने व्यवसायीको मागअनुसार ठूला बस पनि उपलब्ध गराउन लागिएको आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले सन् २०१३ मा नेपाली बजारमा हाइगर बस भित्रिएसँगै पर्यटन क्षेत्रमा सुविधासम्पन्न बस उपलब्ध गराउने प्रतिस्पर्धा चलेको र त्यसमा हाइगर नै व्यवसायीको पहिलो रोजाईमा पर्न सफल भएको बताए ।
हाइगर बस संसारका २ सयभन्दा बढी देशहरुमा निर्यात हुँदै आएको छ । नेपालमा पनि हालसम्म एक सयभन्दा बढी बसहरुको बिक्री भइसकेको छ । बसमा इञ्जिन पछाडि रहेका कारण पर्याप्त लगेज स्पेश रहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी आयात गरिएका हाइगर बसले यस क्षेत्रको प्रवर्द्धनका निमित्त प्रभावकारी भूमिका खेल्ने र आरामदायी यात्राका कारण पर्यटकले नेपाललाई हेर्ने दृष्टिकोण नै फरक पर्ने आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ बताउँछन् ।

हाइगर बसनेपालको भौगोलिक अवस्था र बाटोको अवस्थाअनुरूप रहेका हुँदा नेपाली बजारमा थप लोकप्रिय हुने उनको भनाइ छ । उनका अनुसार बसमा पूर्ण एअर कन्डिसन र लक्जरियस सिटहरूका अतिरित्त बे्रक लगाउँदा आवाज नआउने लगायतका सुविधा रहेका छन् ।

हाइगरका बसमा १८ महिना अथवा १ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तै, बिक्रीपछिको सेवालाई ध्यानमा राखेर कम्पनीले वर्कशप तथा स्पेयर्स पार्ट्सको पर्याप्त व्यवस्था गरेको छ ।

प्रकाशित : ११ कार्तिक २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह