काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट समानुपातिकतर्फ सांसद बन्ने ४ जनाको नाम टुङ्गो लागेको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुङ्गो लगाएको हो ।
समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय बैठकले गरेको हो । जसमा प्रखर नेतृ खुश्बु ओलीसहित रहेका छन् ।
निर्वाचन आयोगले राप्रपालाई ४ समानुपातिक सांसदका लागि सिफारिस पठाउन पत्राचार गरेको थियो । राप्रपाले फागुन २१ गते भएको निर्वाचनमा ३,३०,६८४ समानुपातिक मत पाएको थियो ।
राप्रपापले प्रत्यक्षतर्फ भने जुम्लाबाट मात्र जीत हासिल गरेको छ । जुम्लामा ज्ञानबहादुर शाहीले विजय प्राप्त गरेसँगै राप्रपा राष्ट्रिय पार्टी बनेको थियो ।
राप्रपाले सिफारिस गरेका समानुपातिक सांसदहरुः
१. भरत गिरी– खस आर्य पुरुष– महोत्तरी
२. ताहिर अली– मुस्लिम पुरुष– रुपन्देही
३. खुस्बु ओली– खस आर्य महिला– झापा
४. सरस्वती लामा– जनजाति महिला– धादिङ










प्रतिक्रिया