काठमाडौं । होटल संघ नेपालका कोषाध्यक्ष तथा प्लाजा ग्रुप अफ होटल्सका अध्यक्ष युवराज श्रेष्ठलाई मातृशोक परेको छ ।
श्रेष्ठकी आमा तारादेवी श्रेष्ठको ८२ वर्षको उमेरमा मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिस भाष्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगंजमा निधन भएको हो ।
सिन्धुली गोलन्जोर ६ देउरालीटारका स्व. श्रेष्ठ काठमाडौंमा बस्दै आउनुभएको थियो ।
स्व. श्रेष्ठको मंगलबार पशुपति विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरियो । उहाँको अन्तिम श्रद्धाञ्जलीका लागि विभिन्न क्षेत्रका व्यवसायी तथा सामाजिक व्यक्तित्वहरु आर्यघाट पुगेका थिए ।
अन्त्येष्टि कार्यक्रममा होटल संघ नेपाल, सिन्धुलीय श्रेष्ठ समाज लगायतका विभिन्न संस्थाका पदाधिकारी सहभागी भए ।
स्व. श्रेष्ठका तीन छोरा रहेकोमा एक छोराको भने यसअघि नै निधन भइसकेको छ ।










प्रतिक्रिया