Logo

मुख्य समाचार

कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?


gdpnepal
   ३ चैत्र २०८२, मंगलबार


काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित बनेको छ ।
आन्दोलनका क्रममा, संघीय संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आगजनी भएको थियो । राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत छन् । तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन् ।
सडक विभागको भवनका सन्दर्भमा सरकारले क्षतिको विवरण संकलन गरेपनि पुनःनिर्माणको अनुमानित लागतको कुनैपनि तथ्यांक निकालि नसकेको विभागका सहायक प्रवक्ता ई.शुभाञ्जन दाहालले जानकारी दिए ।
विभागको सामान्य काम बाहेक अन्य काम चाकुपाटबाट भइरहेको र अबको ६ महिनाभित्र मीन भवनस्थित नयाँ भवनमा सर्ने उनले जानकारी दिए ।

प्रकाशित : ३ चैत्र २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह