Logo

अर्थनीति

झलकराम अधिकारीले घुस खाएको पैसा घुमाएर जग्गा किनेको भन्दै सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता


gdpnepal
   १ चैत्र २०८२, आइतबार


काठमाडौं । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएको छ ।

अधिकारीले घुस लिएर सम्पत्ति शुद्धीकरण गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सजायको माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अधिकारीविरुद्ध दर्ता भएको उजुरीमा अनुसन्धान हुँदा राजस्व चुहावटसम्बन्धी छानबिन तथा राजस्व चुहावटसम्बन्धी अन्य कसुरबाट बच्नको लागि सहजीकरणबापत एचके इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी अख्तियारको छ ।

अधिकारीले विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछानेलगायतसँगको मिलेमतोमा निजहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंकलगायतका बैंक तथा वित्तीय संस्थामा रकम दाखिला गरी घुस रकमको स्वरूप परिवर्तन गरेको भनाइ अख्तियारको छ ।

अख्तियारको अनुसन्धानबाट उक्त घुस रकम लिएपछि भक्तपुर, थिमी नगरपालिपा–२ स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं ९९८ क्षेत्रफल १६४.१४ व।मि ०–५–०–२.५९० जग्गा खरिद भएको तथ्य समेत फेला परेको छ । साथै, घुस रकमलाई देवेन्द्र केसी समेत सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोगमा ल्याएको दाबी अख्तियारको छ ।

 

”राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीले घुस/रिसवत बुझी लिई सम्पत्ति शुद्धीकरण गरेको भन्नेसमेत व्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी झलक राम अधिकारीले एच.के.इन्टरप्राइजेज प्रा.लि. को राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्नको लागि सहजीकरण वापत उक्त एच.के.इन्टरप्राइजेज प्रा.लि. का संचालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट प्राप्त घुस/रिसवत रकम जम्मा रू.70,00,000।–(अक्षरेपी सत्तरी लाख) निज प्रतिवादी झलक राम अधिकारीले विकास चापागाई, देवेन्द्र के.सी, रविन्द्र लामिछाने लगायतसँगको मतसल्लाह तथा मिलेमतोमा निजहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैक तथा वित्तीय संस्थामा रकम दाखिला गरी गराई तहिकरण गरी घुस रिसवत रकमको स्वरूप परिवर्तन गरी गराई जिल्ला भक्तपुर, थिमी न.पा. साविक वडा नं. 17 (हाल वडा नं.२)  स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं.998 क्षेत्रफल 164.14 व.मि (0-5-0-2.59) जग्गा खरिद तथा देवेन्द्र के.सी समेत संचालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको देखिएको,”

 

प्रकाशित : १ चैत्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह