काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १३.५१ अंकले बढेर दुई हजार ८१२.३४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १२, विकास बैंक ३८, हाइड्रोपावर ५९, उत्पादन २८, निर्जीवन बीमा ३, अन्य २ र व्यापार उपसमूह ८ अंकले बढेको छ । त्यस्तै आज फाइनान्स ४, होटल तथा पर्यटन १३, जीवन बीमा ४२ र माइक्रोफाइनान्स उपसमूह १३ अंकले घटेको छ ।
आज रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३४० कम्पनीको तीन करोड ४८ लाख कित्ता सेयर १२ अर्ब ३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया