काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ९.१९ अंकले घटेर दुई हजार ६१७.९५ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १९, विकास बैंक २६, अन्य ६, निर्जीवन बीमा ५५, उत्पादन ६४ र माइक्रोफाइनान्स उपसमूह ३५ अंकले घटेको छ । यस्तै, आज होटल तथा पर्यटन ४४, फाइनान्स ३७, जीवन बीमा १४६, ब्यापार १४ र हाइड्रोपावर उपसमूह १५ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै एसबीआई बैंकको सेयर ६.७९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, रिभर फल्स पावर, माई खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२० कम्पनीको एक करोड ११ लाख कित्ता सेयर ४ अर्ब ७३ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया