Logo

अर्थनीति

वैदेशिक व्यापार लयमा फर्कन सकेनः आयात–निर्यातसहित सबै सूचक ओरालो


gdpnepal
   ७ कार्तिक २०८१, बुधबार


काठमाडौं । मुलुकको वैदेशिक व्यापार लयमा फर्कन सकेको छैन । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा सबै सूचक ओरालो लागेका छन् ।

भन्सार विभागका अनुसार असोज मसान्तसम्म आयात ४.१७ प्रतिशतले र निर्यात ६.११ प्रतिशतले घट्दा व्यापारघाटा पनि ३.९६ प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा वैदेशिक व्यापारमा नै ४.३५ प्रतिशतले गिरावट आएको विभागको तथ्यांक छ ।

असोजसम्म ३ खर्ब ९० अर्बको आयात, ३८ अर्ब ३७ करोडको निर्यातसहित कूल वैदेशिक व्यापार ४ खर्ब २९ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको तीन महिनामा ४ खर्ब ४८ अर्ब पुगेको वैदेशिक व्यापार चालू आवमा झन् खस्केको हो ।

प्रकाशित : ७ कार्तिक २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह