Logo

बैंक / बिमा /शेयर

साइकल र्‍याली र रक्तदान कार्यक्रमको आयोजना गर्दै सनराइज बैंकले मनायो १५औं वार्षिकोत्सव


GDP नेपाल
   १० आश्विन २०७९, सोमबार


सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ। सोही अवसरमा बैंकले साइकल र्‍याली र रक्तदान कार्यक्रम समेतको आयोजना गरेको छ ।

स्वच्छ वातावरण स्वस्थ जिवन भन्ने नाराको साथ आयोजित साइकल र्‍याली काठमाडौं र ललितपुरका विभिन्न टोल हुँदै पुनः गैरिधारा स्थित सनराइज बैंकको प्रधान कार्यालय समापन भएको थियो। उक्त र्‍यालीमा ३५० जनाभन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको थियो। यस्तै, बैंकले आइतबार रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको हो ।

बैंकले ८ लाखभन्दा बढी ग्राहकलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बैंकिङ, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएमबाट बैंकिङ सेवा प्रधान गर्दै आएको छ।

प्रकाशित : १० आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह