काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा आएको छ । इन्स्योरेन्सले १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक कम्पनीका अन्य संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय, टंगाल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया