Logo

बैंक / बिमा /शेयर

सानिमा दसैं तिहार अफर: क्युआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकलाई एक सय रूपैयाँ सम्मको छुट


GDP नेपाल
   १३ आश्विन २०७९, बिहिबार


दसैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्युआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकहरूलाई १० प्रतिशत वा अधिकतम एक सय रूपैयाँ सम्मको छुट प्रादन हुने भएको छ।

यो योजना २०७९ आसोज १६ गतेदेखि २२ गते र कार्तिक ७ गतेदेखि १२ गतेसम्म फोनपे मर्चेन्टहरूमा मात्र लागू हुनेछ। यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालिन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा छन्।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह