Logo

सूचना/प्रविधि

आइफोनका एक्सएस, एक्सएस म्याक्स र एक्सआर शुक्रबारदेखि नेपाली बजारमा


appharu
   ५ मंसिर २०७५, बुधबार


काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोनका पछिल्ला मोडल शुक्रबारदेखि बजारमा ल्याउने भएको छ ।

जेनेरेसन नेक्स्टले केही वर्षदेखि नेपालमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । यसै क्रममा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु –म्याकबुक्स, आइप्याड, आइम्याक ) को बितरक जेननेक्स्टले आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सएसआर शुक्रबारदेखि नेपालमा सार्वजनिक गर्ने भएको जनाएको छ ।

आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने ब्ल्याक , रेड, एल्लो , कोरल , ब्लु, व्हाइट कलर अप्सनमा आउने छ ।

यस्तै, आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने स्पेस ग्रे , सिल्वर , गोल्ड कलर अप्सनमा आउने छ र आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ र स्पेस ग्रे , सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ ।

कम्पनीका आधिकारिक डिलरहरु इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, क्विालिटी कम्प्यूटर (बिर्तामोड)बाट बिक्री हुने जनाएको छ । बिक्री शुभारम्भका अवसरमा एनसेलको डाटा प्याकेजसमेत उलब्ध भएको जनाइएको छ ।

प्रकाशित : ५ मंसिर २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह