Logo

बैंक / बिमा /शेयर

मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने


GDP नेपाल
   २४ आश्विन २०७९, सोमबार


मल्टीपर्पस फाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको गत असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ४५ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीबाट १ः०.३५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

यसको लागि कम्पनीले हकप्रद निष्कासनमा सहमति प्रदान गरिदिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । तर, राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभा अर्थात् विशेष सभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराए पश्चात मात्र उल्लेखित हकप्रद सेयर जारी गर्नको लागि सहमति प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह