Logo

बैंक / बिमा /शेयर

नेपाल ल्यूव आयलको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश प्रस्ताव पारित


GDP नेपाल
   ३० आश्विन २०७९, आइतबार


नेपाल ल्यूव आयल लिमिटेडले सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको ३१ औँ वार्षिक साधारण सभाले आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि सेयरधनीहरुलाई नियमित रुपमा उच्च बोनस प्रदान गर्न पाएकोमा गर्व महसुस भएको बताए ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो . यसको ब्रान्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर किङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नाम रहेको छ ।

प्रकाशित : ३० आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह