Logo

अर्थनीति

८ करोड खर्चेर ओलीको तस्बिर पोलदेखि पत्रिकासम्म, राज्यबाटै मजदुरको कोष दोहन !


appharu
   १० मंसिर २०७५, सोमबार


काठमाडौं । सरकारले मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्दैछ । तर, यसको तामझामका लागि यसअघि मजदुरको कोषमा जम्मा भएको २० अर्ब रुपैयाँबाटै करिब ८ अर्ब खर्चिएको छ ।

प्रधानमन्त्री केपी ओलीका तस्बिरसहित एउटा युगको सुरुवात भन्ने नारासहित काठमाडौंका धेरै बिजुली पोलमा ब्यानर टाँगिएका छन् भने सबैजसो अनलाइन र पत्रपत्रिकामा ज्याकेट एड प्रकाशित प्रशारित भएका छन् । टिभी र रेडियोमा पनि विज्ञापन गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसको प्रचारप्रसारका लागिमात्र ८ करोड रुपैयाँ खर्चेको छ । सामाजिक सुरक्षा ऐन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा संसदबाट पारित भए पनि ओली सरकारले यसलाई आफ्नो सफलताका रुपमा व्याख्या गरेको पाइएको छ ।

पत्रपत्रिकामा भने ओलीसहित दोस्रो पेजमा श्रममन्त्री गोकर्ण विष्टले समेत आफ्नो प्रचार गरेका छन् ।
नेपालका सबै संगठित क्षेत्रका मजदुरले १० वर्षदेखि प्रत्येक महिना १ प्रतिशतका दरले जम्मा गर्दै आएको सामाजिक सुरक्षा कोषमा हालसम्म जम्मा भएको २० अर्ब रुपैयाँ यो सरकारले यसरी फजुल खर्च र आत्मप्रशंशामा खर्च गरेर चरम दुरुपयोग गरेको छ ।

प्रकाशित : १० मंसिर २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह