Logo

बैंक / बिमा /शेयर

पिपुल्स इन्भेष्टमेन्टको हकप्रद सेयर बिक्रिमा


GDP नेपाल
   १५ कार्तिक २०७९, मंगलबार


पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर बिक्रि खुला गरेको छ ।

कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक सेयरधनीहरूका लागि दश सेयर बराबर नयाँ तीन सेयरको अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।

प्रतिकित्ता रू १०० अंकित दरका ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद सेयर खरीदका लागि मंसिर २० गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ । यो हकप्रद सेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

खरीदकर्ताहरूले कम्पनीको एनआईसी एशिया बैंकमा रहेको खाता नम्बर ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकमा रहेको खाता नम्बर ०३१००१२००१२११८०००००१ मा हकप्रद वापतको रकम जम्मा गरी आवेदन दिनुपर्ने कम्पनीको भनाई छ ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह