Logo

बैंक / बिमा /शेयर

१९.६२ प्रतिशतले बढ्यो एक्सेल डेभलपमेन्ट बैंकको नाफा


GDP नेपाल
   १६ कार्तिक २०७९, बुधबार


एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चौथो त्रैमाससम्ममा २ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको तुलनामा बैंकको नाफा १९.६२ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा बैंकले एक करोड ८२ लाख खुद नाफा कमाएको थियो । यस्तै, चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ३७.४१ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा ९७.३२ प्रतिशतले बढेको छ ।

हाल बैंकको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको छ । रिर्जभ कोषमा ४० करोड २९ लाख रुपैयाँ रहेको छ । असोजसम्म ११ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको यसले १० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०१ पैसा (वार्षिक) रहेको एक्सेलको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८९ पैसा छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह