Logo

बैंक / बिमा /शेयर

नेशनल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा


GDP नेपाल
   १७ कार्तिक २०७९, बिहिबार


नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ ।

इन्स्योरेन्सले मंसिर १८ गते आइतबार केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे साधारण सभा डाकेको हो । सभाले हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले मंसिर ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ७ गतेसम्म नेप्सेका कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह