Logo

बैंक / बिमा /शेयर

कामना सेवा विकास बैंकका ग्राहकलाई दराजकाे ११.११ योजनामा छुट


GDP नेपाल
   १७ कार्तिक २०७९, बिहिबार


कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बुधबार बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको ११.११ छुट योजना नोभेम्बर ११ (कात्तिक २५ गते) देखि लागू हुनेछ ।

कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा रु २ हजार ५०० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०५ वा रु ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्ड ई–कमर्सका लागि सक्रिय गर्नुपर्नेछ ।

माथि उल्लिखित पूर्वभुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिको लागिमात्र प्रत्यक्ष हुनेछ । तसर्थ, आफ्नो ग्राहकलाई छिटो कार्ड ई–कमर्सका लागि सक्रिय गर्न र बिक्री सुरु हुनेबित्तिकै छुटहरु प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह