Logo

Banner-news

आयल निगमलाई १५ दिनमा १८ करोड नाफा


GDP नेपाल
   १७ कार्तिक २०७९, बिहिबार


भारतीय आयल करर्पोरेशनले पुन पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

नेपाल आयल निगमका अनुसार बुधबार प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटरमा ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ४ रुपैयाँ एक पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसाले बढेर आएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि निगमलाई भने १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुने देखिएको छ । 

बिहिबार निगमले एक विज्ञप्ति जारी गर्दै नाफा हुन देखिए पनि भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने बक्यौता र सरकारी ऋणका कारण तत्काल उपभोक्ता मूल्य भने घटाउन नसक्ने बाध्यत्मक अवस्थामा रहेको जनाएको छ ।

२९ अर्ब १३ करोड रुपैयाँ ऋण रहेको जनाउँदै निगमले तत्काल मूल्य समायोजन गर्न सक्ने अवस्था नरहेको बताएको हाे ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह