Logo

बैंक / बिमा /शेयर

मेगा क्यापिटलले डाक्यो साधारण सभा


GDP नेपाल
   २४ कार्तिक २०७९, बिहिबार


मेगा क्यापिटलले साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १६ गते वार्षिक साधारण सभा डाकेको हो ।

सभा बैठक फेयरफिल्ड बाई म्यारिओट, त्रिदेवी मार्ग, काठमाडौंमा दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले २४.५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव पेश गर्नेछ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साथै, सभाले अन्य कुनै मर्चेन्ट बैंकसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह