Logo

बैंक / बिमा /शेयर

गरिमा विकास बैंकद्वारा १४.५ प्रतिशत लाभांश प्रस्ताव


GDP नेपाल
   २५ कार्तिक २०७९, शुक्रबार


गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको कुल १४.५ प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार ६५७.७८ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५.२५ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२.५३ रुपैयाँ बराबरको नगद लाभांश छन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणभासबाट सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह