Logo

बैंक / बिमा /शेयर

ङादी ग्रुपको खुद नाफा ९ करोड ९४ लाख रुपैयाँ


GDP नेपाल
   १ मंसिर २०७९, बिहिबार


ङादी ग्रुप पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले ९ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ३९६.१९प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन नाफा पनि २०२.५६५ ले बढेर १२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ४ करोड १७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । यसले गर्दा ङादीको नाफा बढेको हो । यता, कम्पनीको प्रशासनिक खर्चमा पनि कटौती भएकाले पनि नाफा बढ्न गएको छ ।

हाल ङादी ग्रुप पावरको सेयर पुँजी १ अर्ब ७६ करोड रुपैयाँ र रिटेन अर्निङमा १८ करोड ३९ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५० पैसा (बार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ४१ पैसा छ ।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह