Logo

बैंक / बिमा /शेयर

४ अर्ब बराबरको ऋणपत्र जारी गर्दै एनएमबि बैंक


GDP नेपाल
   ५ मंसिर २०७९, सोमबार


एनएमबि बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।

अनुमति पाएसँगै बैंकले ‘एनएमबि डिबेन्चर–२०८९र२०९०’ नामक ऋणपत्र जारी गर्नेछ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।

बैंकले कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

एनआईबिएल एस क्यापिटल धितोपत्र बिक्री प्रबन्धक रहेको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्।

प्रकाशित : ५ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह