Logo

बैंक / बिमा /शेयर

मंसिर २३ गतेदेखि आईपीओ निष्कासन गर्दै माया खोला हाइड्रोपावर


GDP नेपाल
   १४ मंसिर २०७९, बुधबार


माया खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले मंसिर २३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित बासिन्दाहरूका लागि १०० रुपैयाँ अंकित मूल्यका १० लाख रुपैयाँ बराबरबो १० लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

जसमध्ये आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४,५ का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो भने प्रभावित क्षेत्रको रूपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।

त्यसैगरी, सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो।

लगानीकर्ता स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले पुस ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

उक्त सेयरको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह