Logo

बैंक / बिमा /शेयर

ऋणपत्र बिक्री गर्न एसबीआई बैंकले माग्यो बोर्डसँग अनुमति


GDP नेपाल
   १४ मंसिर २०७९, बुधबार


नेपाल एसबीआई बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले २० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । कुल २० लाख इकाईमध्ये ८ लाख इकाई ऋणपत्र सर्वसाधारणलाई जारी हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ ।

एसबीआईले १० वर्ष अवधि भएको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९.७५ प्रतिशत ब्याजदर तोकिएको छ । एसबीआई बैंकको डिबेन्चरमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह