Logo

बैंक / बिमा /शेयर

पाँचथर पावरद्वारा ७ प्रतिशत नगद लाभांश घोषणा


GDP नेपाल
   २३ मंसिर २०७९, शुक्रबार


पाँचथर पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रकाशित : २३ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह