Logo

कर्पोरेट-बजार

नेपाली बजारमा आउँदै ‘रियलमी १० प्रो प्लस फाईभ जी’


GDP नेपाल
   २८ मंसिर २०७९, बुधबार


रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । यो नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिको पहिलो फोन हो । रियलमी १० प्लस प्रो 5G नाम दिइएको यो स्मार्ट फोनको कभ्र्ड डिस्प्ले अत्यन्तै आकर्षक र स्टाइलिश देखिन्छ । डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साँढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ ।
यो फोनको अर्को आकर्षक भनेको यसको डाइमेन्सिटी १०८० छन् चिपसेट हो जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दावी गरिएको छ ।

यसको ६ इन्चको कर्भ डिस्प्ले हेर्नमा अत्यन्तै आकर्षक छ । साथै यसको कलर गेमुट पनि वाइड (एक करोडभन्दा माथि) छ । एचडिआर १० प्लस सर्टिफाइड छ ।

त्यस्तै रियलमी १० प्लस प्रो 5G लाई अघिल्ला सेटहरु भन्दा अझै बढी टिकाउ बनाउन विशेष तरिकाले डिजाइन गरिएको ०.६५ एमएमको सेकेन्डरी टेम्पर्ड ग्लासको प्रयोग गरिएको छ । त्यस्तै स्मार्ट फोनहरुको ग्लासको मजबुती जाँच गर्न गरिने वान मिटर ड्रप टेस्ट पनि पास गरेको हुँदा १० प्रो प्लस 5G ड्रप रेसिस्टान्ट रहेको छ ।

१०८० को मिडिया टेक डाइमेन्सिटी सिपियु भएको यस रियलमी १० प्रो प्लस 5G मा गेमर्सहरुको लागि विशेष गरी द्धम् गेम भाईब्रेसन मोटर राखिएको छ । यसमा लेटेस्ट एन्ड्रोइड १३ र यु आइ ४.० सफ्टवेयर रहेको छ ।

यसमा १०८ एमपिको मेन सेन्सर लगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको छ भने ६७ वाट सम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्रि रहेको छ ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह