काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ८.७८ अंकले बढेर दुई हजार ७१२.८६ विन्दुमा पुगेको छ ।
बैंकिङ ६, हाइड्रोपावर ३८, जीवन बीमा १३, उत्पादन ७० र अन्य उपसमूह १ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक २, फाइनान्स २, होटल तथा पर्यटन ४, माइक्रोफाइनान्स १०, निर्जीवन बीमा १३ र व्यापार उपसमूह ११ अंकले घटेको छ ।
आज अपर लोहोरे खोला हाइड्रोपावरको सेयर ११ प्रतिशतले बढेको छ। समग्रमा बजार घटेपनि फर्वार्ड माइक्रोफाइनान्सको सेयर ९.३१ प्रतिशतले घटेको छ ।
यस दिन ३३५ कम्पनीको ७७ लाख कित्ता सेयर ३ अर्ब ४३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया