Logo

कर्पोरेट-बजार

शिवम् सिमेन्ट ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ बाट सम्मानित


GDP नेपाल
   २९ मंसिर २०७९, बिहिबार


शिवम् सिमेन्ट लिमिटेड ‘बेस्ड म्यानेज्ड कम्पनी अफ द इयर–२०२२ बाट सम्मानित भएको छ । कम्पनीले न्यू बिजनेश एज प्रा.लि.को सातौँ न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड वितरण कार्यक्रममा उक्त अवार्ड प्रापत गरेको हो । 

विभिन्न फरक फरक सातओटा संस्थागत विधामा दिइएको उक्त अवार्डहरूमध्ये  शिवम् सिमेन्टले उक्त अवार्ड प्राप्त गरेको हो । यसभन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन।एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भईसकेको छ । 

५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओ।पि।सि। सिमेन्टले देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला–ठूला परियोजनाहरूमा साथै अनेकौँ संरचना निर्माणमा समेत महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । 

कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयर होल्डर एवम् कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । 

उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ।पि।सि। सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बिआइएस (आईएसआई), युआरएस प्रमाणित आईएसओ सर्टिफिकेटस् प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रकाशित : २९ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह