नेपाल क्लियरिंग हाउसले साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले पुस २८ गते होटेल क्राउन इम्पेरीयल, रविभवन, काठमाडौँमा दिउँसो साढे ४ बजे सभा डाकेको हो ।
सभामा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३८ प्रतिशत बोनश सेयर र २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव पारित गरिनेछ ।
यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने,बोनश शेयरपछि राउन्ड गर्दा हुन आउने २१ लाख ५७ हजार १२२ कित्ता स्वीकृत गर्ने तथा सोही बमोजिम चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।










प्रतिक्रिया