अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । कम्पनीले सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद लाभांश दिने भएको छ ।
प्रस्तावित लाभांश नियामक निकाय र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।










प्रतिक्रिया