Logo

कर्पोरेट-बजार

आर्थिक मिडिया सञ्चालकहरुको संस्था इम्सनमा नयाँ नेतृत्वः अध्यक्षमा श्रेष्ठ, पदाधिकारीमा को को ?


GDP Nepal
   २४ पुस २०७९, आइतबार


काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरुको साझा संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले नयाँ नेतृत्व चयन गरेको छ ।

शुक्रबार ललितपुरमा सम्पन्न संस्थाको पाँचौं बार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा बिजशाला डटकमका सोमनाथ बास्तोला, बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा चयन भएका छन् ।

यस्तै, महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कटेल ९तारुके०, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी चयन भए ।

सदस्यहरुमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा थापा सर्वसम्मत चयन भएका छन् ।

यस संस्थामा आबद्ध कुल २७ वटा आर्थिक मिडियाहरुमा करिब ४०० भन्दा बढी पत्रकार सञ्चारकर्मीले रोजगारी पाएका छन् ।

प्रकाशित : २४ पुस २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह