Logo

कर्पोरेट-बजार

घट्यो हवाई भाडा, कुन रुटमा कति ?


GDP नेपाल
   २५ पुस २०७९, सोमबार


हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटेको छ ।

नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले पनि पुस २७ गतेदेखि लागू हुने गरी हवाई भाडा घटाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएको थियो ।

नयाँ हवाई भाडादर अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटमा ८८५ रुपैयाँ घटेको छ। यस्तै, काठमाडौं–सिमरा रुटमा सबैभन्दा कम १८० रुपैयाँ घटेको छ ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा रु छ सय ८५ भाडा घटेर अधिकतम रु १४ हजार दुई सय पाँच कायम भएको छ ।

त्यस्तै काठमाडौँ–भद्रपुरमा रु छ सय, काठमाडौँ–विराटनगरमा रु चार सय ८५, काठमाडौँ–जनकपुरमा रु दुई सय ६०, काठमाडौँ–भरतपुरमा रु दुई सय १५ र काठमाडौँ–पोखरामा रु तीन सय २० भाडा घटेको छ ।

 

प्रकाशित : २५ पुस २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह